• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय इटहरीले १८ वटै स्थानीय तहमा छानवीन प्रक्रिया थाले

img

राजविराज । सप्तरीका स्थानीय तहहरुबाट सञ्चालित तथा सम्पन्न योजनाहरुबारे आयोगमा परेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय इटहरीले छानवीन प्रक्रिया थालेको छ ।

सप्तरीका स्थानीय तहहरुमाथि अख्तियारले थाले छानवीन
सोही क्रममा आइतवार सप्तरीका १८ वटै स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखाका प्रमुख र योजना शाखाका प्रमुखसँग भेटघाट गरी छानवीन प्रक्रिया अघि बढाएको हो । भेंटघाटका एक सहभागीका अनुसार स्थानीय तह विरुद्ध आयोगमा ३–४ वर्ष यता परेको उजुरीमा उल्लेखित योजनाहरुको स्थानीय तहका पदाधिकारीहरुसँग सोधखोज तथा आवश्यक कागजात माग गरेको छ ।
आइतवार कतिपय स्थानीय तहले सो कागजात बुझाए पनि बाँकी रहेको थप कागजात वुझाउन सोमवार फेरी बोलाएको बताइएको छ । श्रोतका अनुसार सप्तरीका १८ वटै स्थानीय तह विरुद्ध भ्रष्टाचारी, अनियमितता, ऐन कानून विपरित योजनाहरु सञ्चालन गरेको लगायतका विषयहरु गरी १ सय ४० वटा उजुरी परेको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी