• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

बेटी पढाउ बेटी बचाउ अन्तर्गतको छोरी शिक्षा विमा शिविर प्रभावकारी बन्दै

img

जनकपुर । प्रदेश सरकारद्वारा संचालित बेटी पढाउ बेटी बचाउ अन्तर्गतको छोरी शिक्षा विमा शिविर प्रभावकारी बन्दै गएको छ । छोरी शिक्षा विमा शिविर सञ्चालनको दोस्रो सत्ता नपुग्दै मानिसहरु उत्साहित भएर ८ हजारको हराहारीमा विमा गराएका छन् ।

२०७५ माघ १ गते यता जन्मीएको छोरीलाई प्रदेश सरकारले शिक्षा विमा गरि दिने घोषणा गरे अनुरुप मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय बाटै अभियान संचालन भइरहेको थियो । कर्मचारी अभावमा मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयबाट काम गर्न कठिनाई भऐपछि शिविर सञ्चालन गरिएको हो ।

शिविर प्रदेश २ को प्रत्येक स्थानीय तहमा पुगेर विमा गरिरहेका छन् । शिविरको १२ औंं दिन सम्म सप्तरीमा विभिन्न पालिका गरी जम्मा एक हजार ३९, सिरहामा ७ सय २९, धनुषामा ४ सय ६, महोत्तरी ६ सय ४५, सर्लाही ९ सय ५०, रौतहट ५ सय ९७, बारा ८ सय ४८ र पर्सामा ५ सय ६ छोरीले बिमा गराएकी हुन् ।


विमाका लागि आवश्य जन्म दर्ता, स्थानीय तहको सिफारिस, आमा वा वुवा मध्ये १ जनाको नागरिकता र बच्चा तथा अभिभावकको ६ ÷६ थान फोटो आवश्यक रहेको हुँदा प्रदेश सरकारले शिविर मार्फैत सबै प्रक्रिया पुरा गर्ने गरि व्यवस्था गरेको छ ।

माघ २ गते मुख्यमन्त्री लालबाबु राउतले पर्साको विरगंजका र आठ प्रदेशमा अन्य मन्त्रीहरुको सहभागितामा एक साथ शुरु गरिएको थियो । शिविर फागुन पहिलो साता सम्म प्रत्येक स्थानीय तहमा संचालन हुने छ । शिविर महानगरमा ४ दिन, उपमहानगरमा ३ दिन, नगरपालिकामा २ र गाँउपालिकामा एक दिन संचालन गरिने कार्यक्रमम तय भएको छ । यसका साथै शिविरमा विमा गराउने बालिकाको परिवारले ३ महिनाको लागि सुविसुको फ्रि इन्टरनेट सेवा समेत पाइ रहेका छन ।

img

Share: