• img
  • img
img img img
Categories
प्रदेश समाचार शिक्षा

तीन सञ्चारकर्मीसहित एक दर्जन सम्मानित

img

हनुमाननगर । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका स्थित सप्तकोशी सेकेण्ड्री बोर्डिङ्ग स्कूलले एक समारोहका बीच तीन सञ्चारकर्मी, पूर्व विद्यार्थीसहित विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरुलाई सम्मान गरेको छ ।
विद्यालयमा शुक्रवार आयोजित समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य समेत रहेका कान्तिपुर दैनिकका उप सम्पादक अवधेश कुमार झा, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष एवम् न्यूज टुडे दैनिकका सम्पादक श्यामसुन्दर यादव र प्रेस युनियन सप्तरीका सचिव एवम् ग्रीन मधेश दैनिकका सम्वाददाता शैलेन्द्र कुमार सिंहलाई शिक्षा क्षेत्रमा योगदान गरेको भन्दै सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्वर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले उनीहरुलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका छन् ।


यसैगरी सोही विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र सरोज अधिकारीलाई सोनेलाल विद्या स्मृति गोल्डमेडलबाट सम्मान गरिएको छ । शिक्षा, अनुशासन एवम् व्यवहारिक ज्ञान र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट छात्रा अधिकारीलाई प्रमुख अतिथि साहले गोल्डमेडल, दोसल्लासहित सम्मानपत्रबाट सम्मानित गरेका छन् ।
यस्तै विद्यालयमा अध्ययन गरी विभिन्न क्षेत्रमा उच्च स्थान प्राप्त गरेका पूर्व विद्यार्थीहरु वेंकटेश मण्डल, बिरवल यादव, जयन्त दास, रामनारायण मण्डल, सुभाष कुमार साह र श्याम रजकलाई सम्मान गरिएको छ । विद्यालयमा अतिरिक्त क्रियाकलापको क्षेत्रमा विशिष्ठ योगदान पुर्याएको भन्दै डान्स डायरेक्टर संजिव कुमार मण्डल, भारतका शिक्षासेवी विजय कुमार र समाजसेवी मोहनलाल अग्रवाललाई समेत विद्यालयको तर्फबाट मन्त्री साह र प्रोप्राइटर अरुण देवलाई सम्मान गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि साहले शिक्षा क्षेत्रमा सुधार ल्याउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए । प्रदेश २ मा अझैं छोराछोरीमा विभेद रहेको भन्दै शिक्षा लगायत हरेक क्षेत्रमा समानता हुनुपर्ने तथा २० वर्ष नपुगी कुनै पनि छोराछोरीको विवाह नगर्न समेत उनले आग्रह गरे ।
सोही अवसरमा विद्यालयमा अध्ययनरत छात्रछात्राहरुले सांस्कृति गीत एवम् नृत्य प्रस्तुत गरेका छन् ।

img

Share: