• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सखडेश्वरी भगवतीको यसरी सौन्दर्यकरण गरिने

img

सप्तरी । मुलुककै प्रसिद्ध सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित सखडेश्वरी भगवती मन्दिरको सौन्दर्यीकरण गरिने भएको छ । प्रदेश सरकारको लगानीमा १५ महिनाभित्रै मन्दिरको सौन्दर्यीकरण गरिने भएको हो ।

प्रदेशका मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत गरिने सौन्दर्यीकरणको बुधबार समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री लालबाबु राउतले संयुक्त रुपमा गरे ।

कुल ६ करोड ३० लाखको लागतमा हुने सौन्दर्यीकरण अन्तर्गत मन्दिर प्राङ्गणमा रहेको पोखरीको सौन्दर्यीकरण, मन्दिरभित्र धर्मशाला तथा शौचालय निर्माण तथा विजुलीबत्तीको व्यवस्था गरिने भएको छ ।

‘यी कामहरु १५ महिनाभित्र सकिन्छ’ मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय सिनियर डिभिजनल इन्जिनियर भगवान झाले भने, “काम गुणस्तरीय हुन्छ ।”

सौन्दर्यीकरणको शिलान्यास गर्दै संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले युवाहरु कुलतमा फँस्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।

उनले आमाबुवालाई सम्मान गर्न पनि सबै युवासँग आग्रह गरे । आमाबुवा ज्यूँदो छँदा केहि नगर्ने, अनि मृत्यु भएपछि ठूला–ठूला भोज गर्ने काम बन्द गर्नुपर्छ’ उनले भने ।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले सखडेश्वरी भगवती मन्दिर प्रदेश सरकारको प्राथमिकतामा रहेको भन्दै यसको उत्थानका लागि प्रदेश सरकार सकृय रहने बताए ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी