सप्तरी । छिन्नमस्ता गाउँपालिकाका ७ स्थित हाटीमा ऐलानी जग्गाको बिषयमा छलफलको गर्ने क्रममा दुई पक्ष बिच बुधवार कुटपिट हुदा पाँच जना ब्यक्ति घाइते भएका छन् ।
कुटपिटका क्रममा स्थानिय १६ बर्षिय मोहम्द हकिमलाई छुरा प्रहार गर्दा उनको टाउँको फुटेको छ भने १६ बर्षिय मों. सदाम, १७ बर्षिय मों. हसिम, २२ बर्षिय इसराफिल र ६२ बर्षिय नन्दकिशोर यादवको खुकुरी प्रहारबाट टाउँकोमा चोट लागेको छ ।
कुटपिटबाट घाइते भएका उनीहरुलाई राजविराज स्थित गजेन्द्र नारायणसिंह अस्पतालमा उपचारका लागि भर्ना गरिएको अस्पतालले जानकारी दिएको छ ।
सो घटनामा संलग्न रहेकाहरुका ब्यक्तिहरुको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ । यता कुटपिट घटनामा संलग्न रहेकालाई कार्वाहीको माग गर्दै पीडितहरुले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको जनाएका छन् ।