• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

बम्जनलाई पक्राउ गर्न प्रहरी आश्रममा, भेटिएनन्

img

 

सिन्धुली । एक अनुयायीको हत्या र तीन आनी बेपत्ता पारेको आरोप लागेका तपस्वी रामबहादुर बम्जनलाई पक्राउ गर्न प्रहरी उनको सिन्धुलीस्थित आश्रममा पुगे पनि उनी भेटिएनन् ।

सिन्धुलीको कमलामाई नगरपालिपालिका ८, पहिरेमा रहेको उनको आश्रममा प्रहरी पुगे पनि बम्जन भने भेटिएका छैनन्। आश्रममा बमजन नभेटिएको र उनी बस्ने गरेको भवनमा ताला लगाइएकोजिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएपसी श्यामबहादुर केसीले बताए। ुपक्राउ गर्न गएको हो तर उनी नभेटिएपछि हामी फर्कियौं, केसीले भने।

करिब ४२ बिगाहामा बम्जनको आश्रम छ । २४ बिगाहाको लालपुर्जा भएको र बाँकी सामुदायिक वनको जग्गा रहेको स्थानीयले बताए । बम्जन बस्ने भवन भने चिनियाँ शैलीको छ । ठूलो पर्खाल र चारैचिर काँडेतार लगाइएको यो भवनमा प्रवेश निषेध गरिएको छ ।

उनका अनुयायीहरुले गुरु कहाँ भएको आफूलाई थाहा नभएको बताएका छन्। बमजनमाथि बलत्कारको पनि आरोप छ।

बिहीबार नै जिल्ला अदालत सिन्धुलीले बमजनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। त्यसलगत्तै उनी आश्रमबाट भागेको हुनसक्ने केसीले बताए।

बम्जन आश्रमबाट बेपत्ता भएको र बलत्कारको समेत आरोपमा उजुरी परेपछि उनको सिन्धुपाल्चोक बाडेगाउँ आश्रम सिल गरि प्रहरीले छानविन गरेको थियो । त्यबेला पनि प्रहरीले पैरे आश्रममा खोजबिन गरेको थियो ।

कान्तिपुरका न्यूज बाट लिएको समाचार

img

Share:
img

ताजा अपडेट

क्याटोगरी