• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

धनुषाको महेन्द्रनगर बिष्फोटःथप एक जना सप्तरीबाट पक्राउ

img

 


जनकपुर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा भएको करिब दुई महिना अगाडि बम बिष्फोटमा संलग्न भएको आरोपमा थप एक जना पक्राउ परेका छन् । पक्राउ परेकामाथि पहिलादेखि नै बिभिन्न मुद्दा दायर रहेको प्रहरीले जनाएको छ ।

सप्तरीबाट ती व्यक्तिलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय, सप्तरीका अनुसार पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ निवासी ३४ बर्षीय इन्दल साह छन् ।

पक्राउ पर्ने साह नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश २ सदस्य हुन । उनी विप्लव नेतृत्वको नेकपाका प्रदेश २ सदस्य एवं सिरहा जिल्लाका इन्चार्ज भएको प्रहरीको भनाई छ । महेन्द्रनगरमा भएको बम बिष्फोटमा उनको संलग्नता रहेको धनुषा प्रहरीले यसअघि नै बताइसकेको छ ।

साहलाई सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ६ श्रीपुर टोलबाट बिहीबार नियन्त्रणमा लिइएको छ । सप्तरी प्रहरीले विशेष सुराकीको आधारमा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।

पक्राउ परेका ३४ बर्षीय साहलाई चन्दा लिन आएको बखत विशेष सुराकीको आधारमा पक्राउ गरिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डिएसपी तिलक भारतीले जानकारी दिए ।

भारतीका अनुसार इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि धनुषा प्रहरीको जिम्मा लगाइएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रबक्ता एवं डिएसपी रामेश्वर कार्कीले साह महेन्द्रनगरको बिष्फोट घट्नामा संलग्न रहेको जानकारी दिए । कार्कीका अनुसार साहबिरुद्ध पहिलादेखि नै कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बिष्फोटक पदार्थ तथा संगठित अपराध मुद्दा दर्ता भएको थियो ।

पक्राउ परेका साह विप्लप नेतृत्वको नेकपाका प्रदेश सदस्यका साथै सिरहा जिल्लाका इन्जार्च समेत थिए । उनीबिरुद्ध थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ निवासी राजेश साहको घरमा भएको बिष्फोटमा राजेशसहित, साहका १५ बर्षीय छोरा आनन्दकुमार साह र इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्जार्च समेत रहेका प्रहरी निरीक्षक अमिरकुमार दाहालको ज्यान गएको थियो ।

उक्त बिष्फोटमा राजेशका ७० वर्षीय राजेशका पिता भिखारी साह, साहका १४ बर्षीय कान्छा छोरा प्रेम साह, छोरी अञ्जली साह, प्रहरी जवान राजनाथ महतो घाइते भएका थिए ।

यो बिष्फोट घट्नामा संलग्न भएको भन्दै सात जनालाई पक्राउ गरिसकेको छ । बिष्फोटका मुख्य योजनाकार भने अझै पत्ता लाग्न सकेका छैनन् ।

बम कसले राखेको थियो ? भन्ने बिषयमा अझैसम्म खुल्न सकेको छैन् । ‘यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ’ धनुषा प्रहरीका प्रबक्ता एवं डिएसपी रामेश्वर कार्कीले भने, “बम राख्ने समूहको खोजी पनि भइरहेको छ ।”

मृतक आनन्द साह औषधि व्यवसायी थिए । उनी महेन्द्रनगरमा औषधि व्यवसाय संचालन गर्दै आएको स्थानीयहरुले बताएका छन् । उनी व्याजमा रकम समेत लगानी गर्दै आएका थिए । उनीसँग व्याजमा रकम लिएका व्यक्तिहरुले नै बम राखेको हुन सक्ने आशंका गरेपनि प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

महेन्द्रनगर बम बिष्फोटमा तीन जनाको ज्यान गएको र आधा दर्जन घाइते भएको घट्नाका मुख्य आरोपी हालसम्म पनि पक्राउ नपर्दा स्थानीयहरुले चिन्ता व्यक्त गरेका छन् । घट्ना कसले र किन घटाएको सन्दर्भमा हालसम्म यथार्थ बाहिर आउन सकेको छैन् । प्रहरीले बम बिष्फोटका अभिुक्तलाई चाँडै नियन्त्रणमा लिने बताएपनि हालसम्म पक्राउ गर्न सकेको छैन् ।

 

जनकपुर टुडे बाट लिएको समाचार

img

Share:
img

ताजा अपडेट

क्याटोगरी