• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

सहकर्मीले प्रेम प्रस्ताव अस्वीकार गरेपछि प्रहरी जवानले आफैंलाई हाने गोली

img

काठमाण्डौ । सहकर्मीले प्रेम प्रस्ताव अस्वीकार गरेपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवानले शुक्रबार बिहान आफैंलाई गोली हानेका छन् ।

सर्लाही वहुअर्वा गाउँपालिका ६ स्थायी घर भइ जिल्ला प्रहरी कार्यलय सिन्धुलीमा काजमा कार्यरत प्रहरी जवान २२ वर्षीय चन्द्रकिशोर रायले ड्यूटीमा रहकी महिला प्रहरीको राइफल खोसेर आफैंलाई गोली हानेका हुन्।

प्रहरी प्रमुख एसपी रन्जु सिग्देलका अनुसार गोली लागि सख्त घाइते भएका प्रहरी रायलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि एम्बुलेन्सबाट काठमाडौं लगिएको छ। प्रहरी रायले आफ्नै दाहिने कोखामा गोली हानेका छन्।

थप अनुसन्धान भइरहेको एसपी सिग्देलले बताइन् । प्रहरी स्रोतका अनुसार प्रेम प्रस्ताव अस्वीकार हुँदा केहीबेर वादविवाद भइ राइफल खोसेर रायले आत्महत्याको प्रयास गरेका हुन् । आज प्रणय दिवस पनि भएकाले उनले ड्यूटीमा रहेकी ती महिला प्रहरीलाई प्रेम प्रस्ताव गरेका थिए। दुवै प्रहरी अविवाहित हुन्।

कान्तिपुर न्युज बाट लिएको समाचार ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी