• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

अपराधीसँग साँठगाँठ गर्ने प्रहरीलाई तत्कालै कार्वाही हुन्छःडिआइजी कार्की

img

राजविराज । जिल्ला प्रहरी कार्यालय, सप्तरीको नविनिर्मत भवनहरुको उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच निर्माण गरिएको कार्यालय प्रमुखको निवास, हिरासत कक्ष र भान्साघरको उद्घाटन गरिएको छ ।

नेपाल सरकारको नियमित कार्यक्रम अन्तर्गत २ करोड ५१ लाखको लागतमा निर्माण भएको हिरासत कक्ष, कार्यालय प्रमुखको निवास र भान्साघरको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी प्रद्युम्न कार्कीले रिबन काटेर उद्घाटन गरे ।

त्यस अवसरमा बोल्दै उनले प्रहरीको साँठगाँठ अपराधीसँग देखिए त्यस्ता प्रहरीलाई कार्वाही गरिने बताए । कार्कीले अपराधीसँग प्रहरीको कुनै पनि प्रकारको सम्बन्ध पुष्टि भए तत्काल कार्वाही गरिने बताउँदै यस्तो काम नगर्न आग्रह गरे ।

प्रहरी जनताको सेवक भएको भन्दै उनले शान्ति सुरक्षा स्थापना र अपराध नियन्त्रणमा जनतासँग हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड् दिए । नागरिकसँग राम्रो सम्बन्ध बनाएर अगाडि बढेमा मात्रै प्रहरीले सफलता पाउन सकिने बताउँदै उनले हालसम्मको प्रहरीको सफलता नागरिकसँगको सहकार्यले मात्रै सफल भएको पनि बताए ।

डिआइजी कार्कीले प्रदेश २ का आठै जिल्लामा लागूऔषधको प्रयोग तथा बिक्रीवितरण बढ्दै गएको बताए । उनले भने, यो चिन्ताको बिषय हो । यसतर्फ सबैले ध्यान दिनु जरुरी छ ।

उनले घरेलु हिंसा, बालविवाह लगायतका कुरीति समेत बढदै गएकोमा यस किसिमको विकृति र विसंगति अन्त्य गर्न सबै जुट्नुपर्ने बताए ।

                                                                                                                                                                                           

जनकपुर टुडे बाट लिएको समाचार

img

Share:
img

ताजा अपडेट

क्याटोगरी