सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा १ भारदहमा एक युवकको शव फेला परेको छ ।
मृतकलाई धारिलो हतियार प्रहार गरिएको अवस्थामा भारदहदेखि भलुवातर्फ जाने कोशी बाँधको छेउमा सुरज साहको शव फेला परेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
भारदह निवासी १५ वर्षीय साहको टाउकोको पछाडिको भागमा धारिलो हतियार प्रहार भएको ईलाका प्रहरी कार्यालयका प्रमुख मो.सगीरले जनाएको छ ।
घटनाको अनुसन्धान गर्नका लागि तालिम प्राप्त कुकुर बोलाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी मकेन्द्र मिश्रले बताए ।
‘तालिम प्राप्त कुकुर बोलाएर अनुसन्धान गरेतापनि कुनै किसिमको उपलब्धी नभएको र थप अनुसन्धान प्रक्रिया घरपरिवार सँग सोधपुछ गरी अगाडी बढाउने जानकारी दिनु भएको छ ।