• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार सुचना प्रविधि

पेप्सीकोलाका सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका ३ जना कोरोना संक्रमित

img

काठमाडौं । राजधानी काठमाडौंको पेप्सीकोला स्थित टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने एकै परिवारका ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो । प्रहरी उच्च स्रोतका अनुसार परिवारका तीनजालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ ।

र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि तीनैजनालाई पाटन अस्पतालमा भर्ना गरिएको र उनीहरुको स्वाब नमुना पिसीआर गर्नका लागि पठाइएको पाटन अस्पतालका निर्देशक डा। विष्णुप्रसाद शर्माले बताए ।

स्रोतका अनुसार उक्त परिवार चैत ५ गते लण्डनबाट फर्किएको थियो। अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डि‌ङलाई नै शिल गरेर प्रहरीले उच्च सतर्कता अप्‍नाएको छ।

img

Share: