सप्तरी ।जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले शंख बजाएका छन् । कोरोना भाइरसविरुद्धको संघर्षमा एकता प्रदर्शन गर्न भन्दै मधेशमा सिरुवा पर्वको अवसर पारेर उनले जनकपुरधामस्थित आफ्नै निवासमा शंख बजाएका हुन् ।
उनकै आह्वानमा मधेशका जिल्लाहरुमा शंख, घण्ट, थाली र ताली बजाइएको छ । उनका कार्यकर्ताहरुले सामूहिक रुपमा बिभिन्न जिल्लामा बिहान ७ बजेर ७ मिनेटमा थाली, ताली, घन्ट, शंख, सिटी बजाएका हुन् ।
कोरोनाबिरुद्ध लड्न अग्र मोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, समाजसेवीसहित सबैलाई धन्यवाद ज्ञापन गर्न एकता प्रदर्शन गरिएको राउतले बताएका छन् ।
यसअघि डा. राउतले २१ चैतमा कार्यकर्ताहरुलाई शंख, घण्ट, ताली, सिटी बैशाख २ गते बजाउन कार्यकर्ताहरुलाई आह्वान गरेका थिए ।
सो आहवानलाई कार्यकर्ताहरुले पूर्णरुपमा पालन गरेको समाजिक संजालमा देखिन्छ । त्यस्तै सप्तरीको कोशी व्यारेजमा कार्यकर्ता द्वारा योग साधना गर्दे शंख बजाएको देखिन्छ ।
सीके राउतको आग्रहमा सप्तरीका १८ ओटै स्थानिय तहमा विहान ७ः०० बजे ७ मिनेटसम्म ताली, थाली, घडी घंट, शंख सिटी, ढोल सहितका सामग्रीहरु बजाएर एकता नाद सफल पारिएको छ ।