• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार सुचना प्रविधि

लकडाउन वैशाख १५ गतेसम्म लम्ब्याउने,कोरोना संक्रमितको संख्या १६

img

काठमाडौं। सरकारले जारी लकडाउन वैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। मंगलाबर बसेको मन्त्रिपरिषद बैठकले लकडाउन तेस्रो पटक थप गर्दै वैशाख १५ गतेसम्म पुर्याउने निर्णय गरेको हो।

छिमेकी मुलुक भारतमासमेत मंगलबार तीन हप्तासम्म लकडाउन बढाउने निर्णय गरेको छ।

मुलुकमा कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले लकडाउन बढाउँदै लगेको छ।

पेप्सीकोला टाउन प्लानिङमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या १६ पुगेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा मात्रै ४ हजार ८ सय १९ जनाको परीक्षण भएको पछिल्लो २४ घण्टामा मा ३ सय ८७ जनाको नमुना परीक्षण गरिएको प्रवक्ता डा। देवकोटाले बताए । प्रयोशाला बाहिर अहिलेसम्म १ हजार ४ सय ८० जनाको नमुना परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै मा १ सय ९७ वटा परीक्षण भएका छन् । ¥यापिड डाइग्नोष्टिक विधि ९आरडिटी० बाट अहिलेसम्म ६ हजार ६ सय ७ वटा परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै मा १३ सय १६ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

img

Share: