• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तरीका केही स्थानहरु शील गर्ने निर्णय

img

सप्तरी । सप्तरीको केही स्थानहरु शील गर्ने योजनामा रहेको प्रदेश सरकारले आज देखि गाउँलाई शील गर्ने भएको छ ।

गएराती प्रदेश नं. २ को सप्तरीको दुई जनामा रयापिट टेस्टको क्रममा एन्टीबडी पोजिटिभ देखिएपछि दुईटा स्थानीय तहको दुई वटा गाउँलाई पूर्णतः शील गर्ने निर्णय प्रदेश सरकारले गरेको हो ।

बुधबार बसेको सुरक्षा समितिको बैठकबाट सप्तरीको खडक नगरपालिकाको एउटा गाउँ र तिलाठी कोइलाडी गाउँपालिकाको अर्को गाउँ शील गर्ने निर्णय गरिएको हो ।

फाइल फोटो

सो क्रममा खडक नगरपालिकाको वडा नं. ११ र तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. १ लाई शील गर्ने भएको छ । त्यसपछि त्यो वडाका आम नागरिकहरु बाहिर निस्कन पाउने छैन ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालका अनुसार भारतसँगको सीमासँग रहेको सप्तरीको ती दुई गाउँलाई शील गर्ने निर्णय अवस्था हेरी गरिएको बताउनुभयो ।

तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. १ का टोलहरु बनिनियाँ, सकरपूरा, मधेपुरा, मनसापुर, सरिपार टोललाई पूर्णत शील गर्ने निर्णय गरिएको हो ।
यसका साथै खडक नगरपालिकाको वडा नं. ११ को पुरै टोललाई शील गर्ने भएको छ । टोलहरुमा लालपुर, ननकार, बनौली, गोरहिया टोललाई पूर्ण शील गर्ने निर्ण गरिएको हो ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी