सप्तरी । हनुमाननगर कंकालिनी नगरपालिकाको भारदह अस्पताल सामाजिक विकास मन्त्री नवलकिशोर साह द्वारा निरिक्षण गरिएको छ ।
अस्पतालको के -कस्तो अवस्था बारे बिशेष जानकारी लिदै प्रस्तावित भारदह अस्पताललाई ५० वेडमा स्तरोन्नति गरि प्रदेश मातहतमा ल्याउन निर्णय भए समेत जानकारी गराएको छ ।
आज मन्त्री साहको अगुवाइमा सो अस्पताल निरिक्षण गरिएको हो।
सो अवसरमा नगर प्रमुख शैलेश कुमार साह, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. हरिश्चन्द्र साह समेतको उपस्थिति रहेको थियो ।
साथै बिश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको चेक जाँचमा स्वास्थकर्मीहरुलाई बिशेष सजगकता अपनाउन समेत आग्रह गरेका छन ।