• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार स्वास्थ्य

प्रदेश नं.२ मा र्‍यापिड टेष्ट गर्दा पुनः एक जनामा पोजेटिभ

img

सर्लाही । सर्लाहीमा र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा एक जनामा कोरोनाको सङ्क्रमण देखिएको छ।

सर्लाहीको क्वारेन्टाइनमा रहेका ६५ जनालाई र्‍यापिड टेष्ट गर्दा एक जनामा पोजेटिभ देखिएको हो।

सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक १४ वर्षीय बालकलाई शुक्रबार साँझ आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले पुष्टि गरे ।

कोरोना पोजेटिभ देखिएका उक्त बालकको थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको प्रजिअ जिसीले बताए ।

img

Share: