सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.३ पोर्ताहामा स्थानिय युवाहरु द्वारा पैदल यात्रुहरु खाना व्यवस्था गरिएको छ ।
पोखरा वाट पैदल यात्रा गर्दे सुनसरीको दुवही जाने यात्रुहरुलाई आज पोर्ताहामा युवा भजन राइ, मोहमद शमसाद, मोहमद सुहेल र मोहमद शोराज को नेतृत्वमा दाल भात तरकारी १९ जना यात्रुलाई खाना खुवाएको छ ।
बिश्वव्यापी माहामारीको रुपमा फेलिरहेका कोरोना भाइरस अवस्थामा पुरादेशमा लकडाउन गरेको कारण भोक भौके पेट पैदल यात्रा गर्दे आफनो घर हिडेका ज्यालादार मजदुरहरु सात दिनको हिडाईले आज पोर्ताहा आइपुगेका थियो ।
नेपाल सरकारको तीन तहको सरकारले कुनै किसिमको पैदल यात्रुहरुको लागी व्यवस्था मिलाएको छैन ।
सात दिन को हिडाइले हिडन नसक्ने अवस्थामा पनि आपनो घर परिवार काहा पुगन निरन्तर हिडिरहको छन ।
एक जना यात्रु सँग सोध्दा किन हिडेर घर जान खोज्नु भाको ?
भोक भोके कति दिन सम्म कोठामा बस्नु आफु सँग भएको पैसा सिधिए पछि को सँग माग्नु साहु ठेकेदार आफनो घर गइ सके पसलेले उधारो दिदैन अनी बाध्यभई घर हिडेका छौं ।
यस्तो बिडम्बना सवै घर बाहिर बस्ने मजदुर सँग छ सवै जनाले एक अर्को लाई मद्दत गरौं ।