जनकपुर । प्रदेश सरकारले दोस्रो चरणको राहतका लागि १६ करोड रुपैया निकासा गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आइतवार संशोधन गरेको कार्यबिधिलाइ मन्त्रीपरिषदले स्वीकृत गरेकोछ ।
संशोधित कार्यबिधि अनुसार जिल्ला घरेलु तथा साना उद्योग कार्यालयहरु मार्फत राहत सामग्री उपलब्ध गराइनेछ ।पालिकाहरुको वडा कार्यालयसित समन्वय हुने र प्रदेश सांसदहरुको सकृय भूमिका रहने राहत बितरणका लागि आवश्यक सामग्रीहरुको खरिद गर्ने कार्य घरेलुले गर्नेछ ।
पहिलो चरणमा उद्योग मन्त्रालयले गाउँ पालिकालाई १०, नगरपालिकालाई १५, उपमहानगरपालिकालाई २० र महानगरपालिकालाई २५ लाख उपलब्ध गराएको थियो ।
लकडाउनको बेला घरबाट बाहिर ननिस्कने बाध्यता छ । लकडाउनमा सबै उद्योग, व्यवसाय बन्द छन् ।दैनिक रुपमा मजदुरीगरि छाक टार्नेहरुलाई गंभीर समस्या छ ।खाना समस्यामा परेकाहरुका लागि मन्त्रालयले दोस्रो चरणमा १६ करोड रुपैया उपलब्ध गराई राहत बितरण कार्यलाई निरन्तरता दिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश यादवले जनाए ।
‘विपन्नहरुको घरमै राहत सामग्री पु¥याउने उदेश्यले कार्यविधि संशोधन गरिएकोछ’उनले भने, यसमा सबै निकायको भूमिका प्रभावकारी र महत्वपूर्ण छ ।अहिलेको राहतमा २५ किलो मनसुली चामल, दाल, नुन, तेल लगायतका खाद्य सामग्रीहरुको राहत प्याकेज बनाइएको मन्त्री यादवले जनाए ।
अहिलेको राहत सामग्री सोझै प्रभावित व्यक्तिहरुको घर सम्म पु¥याउने कार्यबिधि बनाइएको उनले बताए ।‘समयमै राहत सामग्री बिपन्नहरुको घर सम्म पु¥याउनु आवश्यक भएकोछ’उनले भने, पहिलो चरणको राहत अझै कतिपय पालिकाहरुमा बितरण हुन सकेको छैन् ।यस अघि मन्त्रालयले सबै पालिकाहरुलाई राहत वितरणका लागि बजेट नै पठाएको थियो ।
लकडाउनको समयावधी थप भए तेस्रो चरणकोपनि राहत सामग्री उपलब्ध गराइने मन्त्री यादवले जनाए ।प्रदेश २ मा कुनैपनि नागरिक भोकै बस्नु पर्ने अवस्था आउन नदिइने उनले बताए ।संम्भार जनकपुर टूडे