• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

अध्यादेश ल्याएर संघीयता र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र गरिरहेको: डा. सीके राउत

img

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संघीयता समाप्त पार्ने षड्यन्त्र भएको प्रतिक्रिया दिएका छन्। सरकारले अध्यादेश ल्याएर संघीयता र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र गरिरहेको उनको भनाई छ।

उनले यतिबेला अध्यादेश ल्याउनुको औचित्य नरहेको भन्दै सरकारको आलोचनासमेत गरेका छन्।

 

Dr ck

‘लकडाउनका बेला सरकारले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर गणतन्त्र र संघीयता समाप्त पार्ने षड्यन्त्र गरेको हो। सर्वसाधारण घरमा बन्दी भएका बेला सरकारले फाइदा उठाएको छ।’

प्रदेश र स्थानीय निकायमा बढ्दै गएको भ्रष्टाचारलाई देखाएर सरकारले संघीयतामाथि प्रहार गर्न सक्ने उनको बुझाई छ।

राजनीतिक दल विभाजन प्रक्रिया सामान्य भएको दाबी गर्दै उनले यो कदमले संघीयतालाई नै समाप्त पार्न सक्ने बताए।

‘सरकारको यो कदमले संघीयता र गणतन्त्रका लागि पुनः आन्दोलन गर्ने वातावरण बनाएको छ’, उनले प्रश्न गरे, ‘संघीयता र गणतन्त्रकै लागि कतिपटक आन्दोलन गर्नेरु’

डा.राउतले कोरोना महामारीका बेला सबैले महामारी विरुद्ध उभिनु पर्ने बताए।हुलाकी न्यूज

img

Share: