• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार सुचना प्रविधि

राहत वितरणलाई व्यवस्थित बनाउन सातै प्रदेशमा फोकल पर्सन तोके

img

काठमाण्डौं । सरकारले राहत वितरणलाई व्यवस्थित बनाउन सातै प्रदेशमा फोकल पर्सन तोकेको छ ।
लकडाउनको कारण समस्यामा परेका असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, मजदुर, विपन्न तथा असहाय वर्गलाई खानपानमा कुनै समस्या नहोस भनेर स्थानीय तहहरुसंग समन्वय र सहजिकरण गर्ने उद्धेश्यले फोकल पर्सन तोकिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो ।

राहत पाउन नसकेका उल्लेखित वर्गका व्यक्तिहरुले सम्पर्क गर्न हुन तथा आ–आफ्नो टोल, छिमेक र सम्पर्कमा रहेका पहुँच नभएका यस्ता व्यक्तिहरुका बारेमा एसएमएस मार्फत सम्पर्क गराई सहयोग गर्नु हुन मन्त्रालय सम्पूर्ण राजनीतिकर्मी, बुद्धिजीवी, पेशाविद्, संचारकर्मी, नागरिक समाज लगायतलाई मन्त्रालयले आग्रह समेत गरेको छ ।

फोकल पर्सनका रुपमा प्रदेश–१ मा प्रल्हाद कार्की, प्रदेश– २ मा ऋषिराज आचार्य, बागमती प्रदेशमा अच्युत रेग्मी, गण्डकी प्रदेशमा बाबुराम भुषाल, प्रदेश– ५ मा डिलाराम पन्थी, कर्णाली प्रदेशमा रामप्रसाद वाग्ले र सुदूरपश्चिम प्रदेशमा रेशमलाल कँडेल तोकिएको मन्त्रालयले उल्लेख गरेको छ ।

img

Share: