• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय समाचार

भारतमा कोरोनावाट मृत्यु हुनेको संख्या ५९० जना पुगेको छ ।

img

भारतमा मङ्गलबार बिहानको तथ्यांकअनुसार ‘कोविड –१९’ का संक्रमितहरूको संख्या १८ हजार ६०१ पुग्नुका साथै मृत्यु हुनेको संख्या ५९० जना पुगेको छ ।

गएको २४ घन्टायता १ हजार ३३६ भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका मङ्गलबार जनाइएको छ । यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाइएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ४७ जना रहेको छ । मृत्यु हुनेको संख्या ५९० रहेको छ ।

भारतमा देखिएका यी संक्रमितहरूमध्ये ३ हजार २५२ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १४ हजार ७५९ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ४७ जना रहेको छ ।

img

Share:
Tags