• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्यो

img

काठमाडौं । नेपालमा मंगलबार मात्र ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले डिसी नेपाललाई जानकारी दिए ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार कोसी अस्पतालबाट शंकास्पद नतिजा आएका ८ जनाको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुनः परीक्षण गरिएको थियो । भने ३ जनाको काठमाडौंमा पुनः परिक्षण गरिएको थियो । उनीहरुमा पुनः परीक्षण गर्दा संक्रमण भएका पुष्टि भएको हो ।

उदयपुरको त्रियुगा नगरपालिकाको मस्जिदमा बसेका १३ जनामा यसअघि नै कोरोना संक्रमण पुष्टि भएको थियो । मस्जिद रहेको गाउँका वासिन्दाको नमुना परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।

मंगलबार पुष्टी भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ बर्षीय पुरुष , ३६ बर्षीय महिला र १ जना उमेर नखुलेको महिला रहेकी छन् ।

img

Share: