• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार स्वास्थ्य

नेपालमा थप तीन जनामा कोरोना भाइरस, संक्रमितको संख्या ४५ पुग्यो

img

काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार २४, ६० र ७२ वर्षका पुरुषहरूमा कोरोना संक्रमण देखिएको हो ।

उनीहरू उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको नुरी मस्जिदमा बसेका जमाती समूहकै सदस्य हुन् ।

मस्जिदमा बसेका १६ जना जमातीमध्ये १२ जना ९११ भारतीय र एक नेपाली मा ५ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट अर्का एक नेपालीमा संक्रमण देखियो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उनीहरूमध्ये सात जना निको भइसकेका छन् ।

img

Share: