काठमाडौं। मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री निवासमा बस्ने बैठकले लकडाउन थप्ने या खुकुलो बनाउने भन्ने बारेमा छलफल हुने बताइएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिवार बिहानको बैठकले लकडाउनको मोडालिटी बारे टुङ्गो लगाउन मुख्यसचिव लोक दर्शन रेग्मी नेतृत्वको कार्यदललाई जिम्मा दिएकोमा कार्यदलले एक हप्ता बढाउन सुझाएको थियो ।
सरकारले स्वरूप परिवर्तन गरेर भए पनि लकडाउन लम्ब्याउने तयारी गरेको बताइएको छ। सरकारले आन्तरिक तथा बाह्य हवाई उडानमाथिको रोक पनि जेठ २ गतेसम्म कायम राख्ने निर्णय यसअघि नै गरिसकेको छ ।