• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

लकडाउनका कारण उपभोग्य सामाग्रीको अभाव हुदाँ, सुपथ मुल्यको घुम्ती पसल संचालन

img

सप्तरी । कोरोना भाइरसका कारण आम जनताको जनजिवन कष्टकर बनेकाले बजारलाई व्यवस्थित गर्न तथा कालोबजारी र कृत्रिम अभाव रोक्न तिलाठी कोइलाडी गाउँपालिकाले सुपथ मुल्यको घुम्ती पसल संचालनमा गरिएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण घरबाट निस्किनु समस्या हुनुका साथै गाउँका किराना पसलमा उपभोग्य सामाग्रीको अभाव देखिएपछि तिलाठी कोइलाडी गाउँपालिकाले सुपथ मुल्यको व्यवस्थित घुम्ती पसल संचालनमा ल्याएको हो ।

भ्यानमा उपभोग्य सामग्री तथा मुल्य सुची समेत राखेर संचालन गरिएको सुपथ मुल्य पसलले स्थानीयलाई सहज भएको छ । गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले स्थानीयलाई दैनिक उपभोग्य वस्तु सहजै उपलब्ध गराउन यस्तो घुम्ती पसल संचालनमा ल्याएको बताए ।


घुम्ती पसल मार्फत चालम, दाल, चिनी, नुन, खानेतेल, तरकारी लगायतका उपभोग्य सामग्री बजार भाउ भन्दा सस्तो मुल्यमा उपलब्ध गराउने गरिएको र सो घुम्ती पसलबाट २४ सै घण्टा गाउँपालिकाको सबै ८ वटै वडामा घरघरमा पुगी सेवा प्रदान गरिरहेको गाउँपालिकाका विपत व्यवस्थापन अधिकृत राजेश झाले बताए ।

यसरी घुम्ती पसल संचालन गर्दा सामाजिक दुरी समेत कायम गरिने गरिएको उनको भनाई छ । लकडाउनका कारण बजार जाने अवस्था थिएन, स्थानीय सन्तोष झाले भने, घरमै सुपथ मुल्यको पसल आउन थालेपछि धेरै सहज भएको छ ।
गाउँपालिकाले आफ्नै लगानीमा सुपथ मूल्य घुम्ती पसल संचालनमा ल्याई घरदैलो सेवा प्रदान गर्न थालेपछि कालो बजारी र कृत्रिम अभावको समस्या पनि हटेको स्थानीयको भनाई छ ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी