• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय, संक्रमितको संख्या ५२ पुग्यो

img

काठमाडौं । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

तर कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो भने कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।

पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो ।

झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् ।

आइतबार कोशी अन्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।

नयाँ संक्रमित झापाको राजगढ निवासी जमाती हुन् ।

img

Share: