• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार स्वास्थ्य

वीरगन्जका थप २ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ५१पुग्यो

img

सप्तरी । नेपालमा थप दुई जना कोरोना भाईरस (कोभिड –१९) पुष्टि भएको छ।

वीरगन्जका थप २ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले एक विज्ञप्तिमा जारी गर्दै वीरगन्ज महानगरपालिका–२,३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको मन्त्रालयका सह प्रवक्त डा. समिरकुमार अधिकारीले बताएका छन् ।


क्रमण पुष्टि भएका दुवै जना वीरगन्ज महानगरपालिका छपकैयाका बासिन्दा हुन् । छपकैयाको मस्जिदमा बसेका तीनजना भारतीय संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब लिइ पीसीआर परीक्षणका लागि काठमाडौं पठाइएकोमा दुईजनामा पोजिटिभ देखिएको हो।

दुवैजनालाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याइएको छ। यीमध्ये एकजना महानगरका सफाइ कर्मचारी हुन्। अर्का व्यक्तिलाई सिद्धार्थ माविको क्वारेन्टाइनबाट आइसोलेसनमा ल्याइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।

यसअघि नेपालमा ४९ जना मानिसमा कोरोना संक्रमण देखिएको थियो । संक्रमितमध्ये १२ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

img

Share: