काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारविरुद्ध संयुक्त संघर्ष गर्ने भएका छन्।
तीन दलबीच कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार भएको छलफलले संयुक्त रुपमा संघर्ष गर्ने निर्णय गरेको हो।
बैठकपछि तीनै दलले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा सरकार लोकतान्त्रिक मूल्यमान्यतालाई कुल्चिँदै स्वेच्छाचारी भएकाले संयुक्त संघर्ष गर्ने प्रतिबद्धता जनाइएको छ।
तीन दलले जसपा सांसद डा.सुरेन्द्र यादवको अपहरण प्रकरणमा संलग्नलाई कारबाहीको माग गरेका छन्। यस्तै बैठकले लकडाउन अवधिमा जनताको आवश्यकता पूर्ति गर्न र कोरोना परीक्षण प्रक्रिया तीव्र बनाउन माग गरेको छ।
छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र विजय गच्छदारलगायत नेता सहभागी थिए।
यसैगरी जसपाबाट महन्थ ठाकुर, डा.बाबुराम भट्टराई, उपेन्द्र यादव र राजेन्द्र महतो तथा राप्रपाबाट प्रकाशचन्द्र लोहनी सहभागी थिए।
यस्तो छ निर्णय