• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

रौतहटको वृन्दावनमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमिको संख्या ५४ पुग्यो

img

काठमाडौँ । नेपालमा थप दुई जनामा कोरोना (कोभिड १९) संक्रमणको पुष्टि भएको छ।

रौतहटको वृन्दावन नगरपालिका–९ भुसहा र देवाही गोनाही नगरपालिका–१ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ।

उनीहरु दुवै जना लकडाउन सुरु भएसँगै नेपाल प्रवेश गरेका थिए। दुवैको स्वाबको नमूना परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो।

त्यहाँ नतिजा नेगेटभ देखाइए पनि आशंका लागेर पुनः परीक्षणका लागि काठमाडमौँ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाईएका उनीहरुको कोरोना रिपोर्ट पाजेटिभ आएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमिको संख्या ५४ पुगेको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी