• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

अपहरण सम्बन्धी जाहेरी दर्ता नगरेको बिरोधमा मशाल जुलुस प्रदर्शन :जसपा नेपाल

img

महोत्तरी । पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवको अपहरण सम्बन्धी जाहेरी दर्ता नगरेको बिरोधमा जनता समाजवादी पार्टीका नेता कार्यकतारुहले महोत्तरी जिल्लामा मशाल जुलुस प्रदर्शन गरेका छन् ।

आफ्ना सांसद यादवलाई अपहरण गर्नेलाई कारवाहीको माँग गर्दै जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले महोत्तरीको सम्सी गाउँपालिकामा मंगलवार साँझ मशाल जुलुस प्रर्दशन गरेको हो ।

समाजिक दुरीलाई ध्यान दिदै जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले निकालेको मशाल जुलुस गाउँपालिकाको विभिन्न भागको परिक्रममा गर्दै दोषीलाई कारवाही लगायतको नारावाजी समेत गरेको जनाईएको छ ।

पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव अपहरण प्रकरणको उजुरी सरकारी वकीलको कार्यालयले पनि लिन अस्वीकार गरको छ ।
नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले सांसद यादवको अपहरण गरेको जसपाको दावी छ ।

समाजवादी पार्टी विभाजन गर्नका लागि सांसद यादवलाई काठमाडौं लगिएको बस्नेत र खनालले सार्वजनिक संचार माध्यममा समेत स्वीकार गरि सक्नुभएको छ । यादवले पनि आफ्नो इच्छाविपरीत काठमाडौं ल्याइएको बताउँदै आउनुभएको छ ।

अपहरण सम्बन्धी उजुरी दिन मंगलवार जनता समाजवादी पार्टी, नेपाल ९जसपा० का नेताहरु जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेपनि उजुरी लिएको छैन् ।
यसअघि नेताहरु काठमाडौं प्रहरी परिसर पुगेकामा प्रहरीले सो उजुरी दर्ता गर्न अस्वीकार गरेको थियो । संम्भार मधेश पोष्ट

img

Share:
img

ताजा अपडेट

क्याटोगरी