सप्तरी । नेपालमा थप दुई जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरु बाँके र रुपन्देहीका हुन्।
रुपन्देशीका २५ र बाँकेको नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको सह–प्रवक्ता अधिकारीले विज्ञप्तिमार्फत् जानकारी दिएका हुन् । नयाँ क्रमित दुबैको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा छन् ।
बाँकेको नेपालगञ्जका कोरोना संक्रमित ६० वर्षका पुरुष एक महिनाअघि भारतको बहराइचबाट आएको खुलेको छ ।
रूपन्देहीका संक्रमित युवक वैशाख ५ गते भारतबाट आएको पाइएको छ ।
कोटहीमाई गाउँपालिका वडा नंं। १ का २५ वर्षीय युवक लकडाउनको समयमा भारतबाट घर आएका थिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ। ती मध्ये १६ जना उपचारपछि ठिक भइसकेका छन्।
सरकारले हालसम्म ६० हजार ३ सय ७४ जनामा कोभिड–१९ को परीक्षण गरेको छ । आजसम्म १२ हजार ५ सय ७७ को (पिसिआर) विधिबाट र ४७ हजार सात सय ९७ जनाको (आरडिटी) विधिबाट परीक्षण गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी गराएको छ ।