• img
  • img
img img img
Categories
प्रदेश समाचार विजनेश समाचार

सप्तरीका व्यापारीहरु कालोबजारीमा लिप्त

img

सप्तरी । लकडाउनमा सप्तरी जिल्लाका ग्रामीण भेगमा दैनिक उपभोग्य खाद्य वस्तुमा मूल्य वृद्धि भएको छ । ग्रामीण भेगका स्थानीय व्यापारीले विभिन्न कारण देखाई दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि गरेपछि उपभोक्ता मूल्य वृद्धिको चर्को मारमा परेका छन् ।

लकडाउन हुनु पहिले थोकमा रु ४० प्रति किलोमा पाइने चामल अहिले रु ५२ मूल्य कायम गरिएको छ । त्यही चामल गाउँमा रु ६५ देखि ७० रुपैयामा खुद्रा बिक्री हुँदै आएकामा हाल बढेर रु ८५ मा किनेर खानुपरेको हनुमानगर कंकालिनी नगरपालिका १० इनरुवाका राहुल मण्डलले बताउनुभयो।

“श्रमजीवीहरुको आयको बाटो टुटेको अवस्थामा खाद्यवस्तुमा मूल्य वृद्धि हुनुले समस्याग्रस्त बनाएको छ”, मण्डलले भने, “व्यापारीहरुले माथिबाटै मूल्यवृद्धि भइआएको कारण देखाउँदै बढी मूल्य लिने गरेका छन् ।”

eHimalayatimes | समाज | म्याद सकिएको खाद्य ...

गाउँमा रु २० मा बिक्री भइरहेको नुन प्रतिकिलो रु ३०, चिनी रु ७० बाट रु १०५, मसुरोको दाल रु। १३० बाट रु। १६० र खाने तेल रु १८० प्रतिलिटरबाट रु २१० मूल्य व्यापारीले कायम गरेकाले उपभोक्ता मारमा परेका छन् ।२५ किलो तौल भएको प्रति बोरा रु १२५० मा किने गरेको झमामmम चामल अहिले मूल्य रु १६०० मा किनु बाध्य भएका एक जना ज्यालादार मजदुर सुरेश दास बताउछन ।

सप्तरीका भारदह, हनुमाननगर, कंचनपुर, फत्तेपुर लगाइत अधिकांश खाद्य वस्तु छमेकी भारत वाट आउने भएकाले भाउ मूल्य बढेको एक जना व्यपारी बताउनुभयो ।

नेपाल टेलिकमको मोवाइल रिर्चज कार्ड रु १०० मा पाइने रु ११० मा बिक्री गरिन्छ , रु ५ रुपैया पाउने खैनी रु २५ रुपैया बिक्री गरिन्छ ।

नेपाल सरकारले सवै संचार माध्यमवाट पटक पटक आग्रह गरेका छन । कि आम जनतालाई सहुलियका निम्ति लकडाउन समय भरी दैनिक उपभोग बस्तु १० प्रतिशत छुट दिन होला । तर व्यपारीहरु आपनो मनोपोलि तरिकाले कालोबजारी गरेको पाइन्छ । तर सरोकारवाला मौन ?
दैनिक खाद्यवस्तु दाल, चामल , तेल, तरकारी , नुन साबुन जस्तो बस्तुमा व्यापारी द्वारा मनपरी तरिकाले मूल्य बृद्धि गरि कालोबजारी गर्ने लाई यथाशिग्र कारवाही गरी लकडाउनको मारमा परेको जनतालाई सहुलियत उपलब्ध गराउनु पर्ने देखिन्छ ।

लकडाउनमा केही पहुच भएका व्यापारीहरु दैनिकरुप प्रहरीको मिलोमतोमा दिनभरी पसल खोलेर बढी रकम असुली समान बेच्ने गरेको एक जना स्थानिय युवा बताउछन ।

img

Share: