काठमाडौं । बाँकेको नेपालजञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै बाकेमा कोरोना संक्रमित हुनेको संख्या १६ पुगेको छ । एकै दिन नेपागञ्जमा १५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा। समिरकुमार अधिकारी दिएको जानकारी अनुसार थप ६ जनामध्ये ३ जना पुरुष र ३ जना महिला रहेका छन् । जसमा १६,२१ र ३४ वर्षका पुरुष हुन भने ४०, ५५ र ६० वर्षका महिला हुन् ।
नेपालगञ्जमा देखिएको ६ जना कोरोना संक्रमित सहित नेपालमा ७५ जनामा कोरोना पुष्टि भएको छ ।आइतबार साँझ नै थप ३० जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।
आइतबार कोभिड–संक्रमण पुष्टि भएका मध्ये ८ पुरुष र ७ महिला छन् र, उनीहरु ७ देखि ६० वर्षसम्मका छन् । उनीहरू सबै शुक्रबार कोभिड–१९ पोजेटिभ पुष्टि भएका ६० वर्षीय मौजिनको सम्पर्कमा आएकाहरु भएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। प्रकाश थापाले जानकारी दिएका छन् ।