काठमाण्डौ । संसद्को बजेट अधिवेशन वैशाख २६ गतेदेखि सुरु हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन वैशाख २६ गते शुक्रबारदेखि सुरु गर्ने गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वान गर्नुहुनेछ । अधिवेशनमा सरकारले वार्षिक नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्नेछ ।
बजेटअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र त्यसमाथि छलफल गरी संसद्ले पारित गर्ने छ ।
सरकारले जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर संसद् बैठकका लागि भौतिक दुरी कायम रहने गरी कुर्सीको व्यवस्थापन गरिएको संसद् सचिवालयले जानकारी दिएको छ ।