सप्तरी । सिरहामा राहत वितरण विषयमा झडप हुँदा प्रहरीले १३ राउण्ड फायर गरेको छ ।
मिर्चैया नगरपालिका ७ फूलबरियामा सोमबार दिउँसो साढे १२ बजेको समयमा वडा कार्यालयमै झडप भएको हो । झडप नियन्त्रणमा लिन प्रहरीले ९ राउण्ड हवाई फायर र ३ राउण्ड आश्रग्याँस प्रहरी गरेका हुन् ।
लकडाउनबाट समस्यामा परेका गरिब विपन्नहरुहरुलाई बायकाट गरेर राहत बाँडेको भन्दै विवाद भएको हो । झडपमा परी इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुप्रसाद जैसवारसहित ४ जना घाइते भएका छन् ।
झडप नियन्त्रण गर्न पुगेका डिएसपी जैसवारको हातमा सामान्य चोट लागेको छ । बाँकी तीनजना स्थानीयहरुको मिर्चैयास्थित एक अस्पतालमा उपचार भइरहेको छ ।