• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तरीको बोदे बर्साइन सीमामा खटिएका सशस्त्र प्रहरीका असईको मृत्यु

img

सप्तरी । नेपाल भारत सीमामा क्षेत्रमा खटिएका एक जना सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) को बेहोस भएर मृत्यु भएको छ ।

लकडाउन कार्यान्वयन गराउन भारतसँग सीमा जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिका ९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको मृत्यु भएको हो । उनी ड्यूटीमा खटिएकै बखत उनको मृत्यु भएको सशस्त्र प्रहरीका डीआईजी राजु अर्यालले जानकारी दिए ।

सिमा सुरक्षा बल ”सशस्त्र प्रहरी”को ...
उनका अनुसार कार्की ड्यूटी गरिरहेकै अवस्थामा बेहोस भएको र तत्कालै उनको मृत्यु भएको हो । ‘अन्य कारण अहिले खुल्न सकेको छैन’ उनले भने, ‘पोष्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारण खुल्छ ।’

मृतक कार्कीको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएको छ ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी