• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

नेपालमा कोरोना संक्रमितको संख्या ९९पुग्यो, सरकारले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय

img

काठमाडौं। बुधबार एकै दिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार प्रयोगशालामा परीक्षण गर्दा वीरगञ्जमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ती मध्ये एक जना दुई महिने शिशु हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ।

ती मध्ये २२ जना उपचारपछि निको भएका छन्। बीरगञ्जमा आज बुधबार थपिएका १७ जनालाई उपचारका लागि नारायणी अस्पतालमा ल्याइएको छ। आज थपिएका १७ जनामा ७ जना महिला र १० जना पुरुष हुन्।

लकडाउन लम्ब्याउने निर्णय

सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो ।
तर प्रधानमन्त्री केपी शर्मा त्यसमा सहमत भएनन् । भारतमा संक्रमणको अवस्था जोखिमपूर्ण देखिएको छ । त्यसको असर नेपालमा पनि पर्ने र नेपालमा टेस्ट पनि कम भएको उनको भनाइ थियो ।

बुधबारको मन्त्रिपरिषद् बैटकमा पनि प्रधानमन्त्रीओलीले अहिले नेपाल खतरामुक्त नभएको र जोखिमका आधारमा रातो, पहोलो र हरियो क्षेत्र छुट्याउने बेला नभएको बताएको एक मन्त्रीले जानकारी दिए ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी