• img
  • img
img img img
Categories
प्रदेश समाचार विजनेश समाचार

अनुगमन टोली पुगेपछि कालोबजारी गरिने व्यापारीहरुले पसल बन्द गरी भागम भाग

img

भारदह । पटक पटक अनलाइन संचार माध्यमले दैनिक उपभोग्य बस्तुमा कालोबजारी भएको भन्दै समाचार आउदाँ लकडाउनमा सुपथ मूल्यमा खरिदबिक्री गर्न सप्तरीका बजारहरुमा अनुगमनलाई तीब्र पारेको छ । करिब एक दर्जन पसलमा अनुगन गर्दा कुनैपनि पसलमा मूल्यसहितको सूची पाइएको छैन । अनुगमन टोली पुगेपछि कालोबजारी गरिने व्यापारीहरुले पसल बन्द गरी भाग्ने गरेको पाइएको छ ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले निरन्तर जारी राखेको लकडाउनको मौकाछोपी कालोबजारी भइरहेको उपभोक्ताबाट गुनासो आउन थालेपछि बजार अनुमनलाई तीब्र पारेको हो । जिल्लाको राजविराज, हनुमाननगर कंकालीनी नगरपालिकाको हनुमाननगर, भारदह बजारका पसलहरुमा अनुगमन गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजको अगुवाईमा खटिएको संयुक्त अनुगमन टोलीले हनुमाननगर बजार स्थित माँ कंकालीनी किराना पसल, श्रीबाबा किराना पसल, नारायणी खाद्य उद्योग, अशोक स्टोर, भारदह स्थित सुखसेन किराना पसल, माँ सरस्वती फुड प्रोडक्ट, ओमप्रकाश सप्लायर्स लगायतमा अनुगमन गरेको छ । अनुगमन गरिएको पसलहरुमा मूल्यसूची नरहेको, बील भौचर दुरुस्त नरहेको पाइएपछि आवश्यक कारबाहीका लागि तीन दिनभित्र कार्यालयमा उपस्थित हुन पत्र काटेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिनुभयो । ती पसलहरुमा म्याद गुज्रिएका मसला, फ्रुटी, पेय पदार्थ, विस्कुट, भेटिएपछि चेतावनीसहित पहिलो पटकलाई सुध्रिन मौका दिई तत्कालै सामग्रीहरु नष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै कालोबजारीलाई नियन्त्रण गर्न, सुपथ मूल्यमा उपभोग्यबस्तु खरिदबिक्री गर्न, सरल र सहज रुपमा उपभोक्ताले उपभोग गर्न पाउने उद्देश्यले सप्तरीका पसलहरुलाई अनुगमन गरिएको छ । ती पसलहरुले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोराना संक्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा व्यवस्था साबुन पानी, सेनिटाइजर, ग्लोभ प्रयोग नगरेको पाइएको डिभिजन प्रमुख सिंहले समेत जानकारी दिनुभयो ।

अनुगमनकै क्रममा मूल्य सूची नराखेका पसलहरुमा अबिलम्ब उपभोक्तालाई देखिने गरी मूल्य सूची राख्न, म्याद गुज्रिएका खाद्यबस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलो पटक चेतावनी दिएको उहाँले जानकारी दिनुभयो । अर्को पटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारबाही गरिने उहाँको कथन थियो ।

जिल्ला प्रशासनका कार्यालय सप्तरीका प्रतिनिधि प्रकाश देवकोटा, सप्तरी उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष शंकर दास, उपभोक्ता मञ्चका अध्यक्ष राजकुमार गुप्ता, सञ्चारकर्मीसहितको संयुक्त अनुगमन टोलीले बजारका एउटा पसलमा अनुगन गर्न लाग्दा थाहा पाएर अन्य व्यापारीहरु पसल बन्द गरी भाग्ने गरेको बताइएको छ । लकडाउनको मौका छोपी व्यापारीहरुले सामान्य मूल्य भन्दा किलोमा ३०/४० रुपियाँ बढी लिने गरेको अनुगमन टोली समक्ष उपभोक्ताले बताइएको छ । मूल्यसूची नराखी व्यापारीको मुखे मूल्य अनुसार बेच्ने गरेको उपभोक्ता ओम प्रकाश रजकले टोली समक्ष बताएको छ ।

img

Share: