• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

थप २४ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमित संख्या २४३ पुग्यो

img

काठमाडौं । थप २४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यो संगै कोरोनाको संक्रमण हुनेको संख्या २ साय ४३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमित हुनेहरुमा रुपन्देहीमा १२ जना, कपिलवस्तुमा ८ जना, पर्सामा ३ जना र नवलपरासीमा १ जना कोरोनाका नयाँ संक्रमित देखिएका हुन् ।

साझ ७ः५० को अध्यावधिक अनुसार रुपन्देही जिल्ला निवासी २२ देखि ४१ वर्ष उमेर समूहका पुरुष र ४ वर्षदेखि २८ वर्षका महिलामा कोरोनाको पुष्टि भएको हो । यस्तै, कपिलवस्तुमा २२ देखि ४२ वर्षिया पुरुष, पर्सामा ३६ र ७४ का पुरुष, ३६ की महिला र नवरपरासीमा ३६ वर्षिया पुरुष रहेका छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Image may contain: text

img

Share:
img

ताजा अपडेट

क्याटोगरी