• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

नारायणी अस्पतालबाट भागेका दुवै कोरोनाभाइस स‌ंक्रमित फेला परे

img

पर्सा । नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जबाट भागेका दुईजना कोरोनाभाइस स‌ंक्रमित फेला परेका छन्।

भागेका मध्ये एकजना बन्द रहेको फिल्म हलमा भेटिए भने अर्का संक्रमित उनकै घर भित्र फेला परेको जनाइएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचाररत दुईजना अस्पतालबाट भागेका थिए । मंगलबार पर्सामा ५७ जना संक्रमित भेटिएका थिए।

अस्पतालबाट भागेका दुवै स‌ंक्रमित फेला

उनीहरु अस्पतालबाट भागेलगत्तै खोजीकार्य शुरु गरिएको थियो। उनीहरु अस्पतालको शौचालयको झ्यालबाट भागेको बताइएको छ।

वीरगञ्जको नारायणी अस्पतालमा ६९ जना कोरोना संक्रमित उपचाररत छन्।

img

Share: