• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

थप ९ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमित संख्या २६७ पुग्यो

img

काठमाडौं । कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको छ । शुक्रबार साँझको अध्यावधिक अनुसार थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन् ।

उनका अनुसार पर्सा र विरगञ्ज निवासी ९ र १० वर्षिया वालक, २३ र ४७ वर्षिया महिला रहेका छन् । काठमाडौंका ७ वर्षिया बालक, उदयपुरका २५ वर्षिया पुरुष र दाङका २३, ३६ र ३४ वर्षिया पुरुषहरु रहेका छन् ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ र उनीहरु स्वास्थ्यकर्मिको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा संक्रमित संख्या २६७ पुगेको छ ।

 

Image may contain: text

img

Share: