काठमाडौँ । नेपालमा आज फेरि थप ३ जनामा कोरोना पुष्टि भएको छ । यसअघि आजै ६ जनामा कोरोना पुष्टि भएको थियो ।
यो सँगै नेपालमा कारोना संक्रमितको संख्या २७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको कोरोना परीक्षणमा कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी, २५, ३४ र ४४ वर्षका पुरुषहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसघि फेला परेका ६ जना बर्दियाको नार्खु–११ निवासी २८ वर्षीय महिला, सिरहाको सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, पर्साको वीरगन्ज निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाहीको रामनगर–४ निवासी १८ वर्षीया महिला र चितवनको गढौली–१ निवासी २५ वर्षीय महिला रहेका थिए ।
कोरोनाभाइरसका कारण पहिलो मृत्यु
काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सुत्केरी भएकी ती महिलालाई त्यहाँबाट डिस्चार्ज गरेर पठाइएको थियो । तर, पछि उनीमा श्वास प्रश्वास सम्बन्धि समस्या देखिएपछि उनलाई धुलिखेल अस्पतालमा भर्ना गरिएकोमा अस्पतालमा उनको मृत्यु भएको थियो । मृत्युपछि आरडीटी परीक्षणमा उनीमा कोरोना पोजेटिभ देखिएपछि पीसीआर परीक्षणका लागि पठाइएको थियो ।