काठमाडौं ।आज बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन १५ दिन थपेर जेठ २० गतेसम्म गर्ने निर्णय गरेको हो । सरकारले १५ दिन लकडाउन थप्ने निर्णय गरेको छ ।
आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले लकडाउन नै कोरोनाको रोकथामको लागि प्रभावकारी उपाए भएको निष्कर्ष निकाल्दै सरकारलाई लकडाउन थप्न सिफारिस गरेको थियो ।
सरकारले यसअघि गरेको निर्णय अनुसार लकडाउनको समय सोमबार सकिने छ । पहिलो पटक चैत्रमा कोरोनाको दोस्रो संक्रमित देखिएसँगै चैत्र ११ गतेदेखि लकडाउन सुरु गरेको थियो ।
नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार बि।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षमा ३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
यो संगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २९५ पुगेको छ। संक्रमित हुनेहरुमा धनकुटा निवासी ३४ वर्षिया महिला, मोरङ र विराटनगर निवासी २९ वर्षिया महिला र ३६ वर्षिया पुरुष रहेका छन् ।