सुनसरी । कोशी गाउपालिकाको हरिपुर भण्टावारी क्षेत्रको सप्तकोशी नदीको किनारमा झाडीमा लुकेर बसेका १५ जना भारतिय मजदुर फेला परेका छन । सिमा प्रहरी चौकी हरिपुरको टोलीले सप्तकोशी नदी किनारमा रहेको झाडीमा ओढने ओछयाउने, झोला, पोकापोकी र साईकलसहित भारत बिहार राज्य घर बताउने १५ जना भारतिय मजदुरहरु लुकेर बसेको अवस्थामा फेला पारेको हो ।
आइतवार दिउसो गाई वस्तुलाई धाँस काटन गएका स्थानियहरुले सप्तकोशी नदीको किनारमा झाडी भित्र लुकेर बसेका मानिसहरुको समुह देखि सिमा प्रहरी चौकीलाई खबर गरेका थिए ।
प्रहरीले झाडीबाट सप्तकोशी नदीको पुर्वी तटबन्धमा ल्याएर सोधपुछ गर्दा एजेण्टले रकम लिएर आफुहरुलाई सुरक्षित स्थानमा नपुगेसम्म यही बस्न लगाएका लुकेर बसेको वयान दिएका थिए ।
नेपाल भारत सिमाक्षेत्रमा सरकारले सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरि सिमाक्षेत्रमा आवतजावतमा निगरानी गर्न सुरु गरेपछि रातीको समयमा लुकिछिपी मकैवारीको बाटोबाट सिमाना वारपार गर्ने क्रम बढदै गएको छ ।
एक जना स्थानिय युवा अनुसार रातीको समयमा अबैध समानहरु समेत ओसारपोसार हुने गरेको छ । जसमा सुतिजन्य पदार्थ बढी मात्र हुनेगरेको छ ।
भारतीय सिमा खुला भएका कारणले आवतजावत गर्न र व्यापारीको मिलोमतोमा समानहरु ओसारपोसार गर्न सजिलो भएको छ ।