• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

प्रहरी आतंक बिरुद्धमा पत्रकार सम्मेलन,

img

सप्तरी । प्रदेश १ स्थित कोशी गाउँपालिका भण्टावारीमा प्रहरी आतंक बिरुद्धमा पत्रकार सम्मेलन गरेका छन ।
सुनसरी जिल्ला प्रहरी कार्यालयका डिएसपी बिनोद शर्माका विरुद्धमा कोशी गाउपालिका वडाअध्यक्ष र स्थानियले आक्रोस ब्यक्त गरेका छन् ।

प्रहरीमाथि लागुऔषधसहित कटुवा पेस्तोल र गोली राखेर एक जना निर्दोर्षलाई फसाएको आरोप लगाएका छन् ।

पत्रकार सम्मेलनको आयोजना गरी वडाध्यक्ष विन्देश्वर यादव सहितका स्थानीय अगुवाहरुले कृष भनिने कृष्ण कुमार यादवलाई प्रहरीले सुनियोजित रुपमा फसाउन खोजेको आरोप लगाएका छन ।

पत्रकार सम्मेलनमा बोल्नेहरुले जिल्ला प्रहरी कार्यालय सुनसरीबाट भाण्टाबारी बजार पुगेको डिएसपी बिनोद शर्मा नेतृत्वको टोलीले कृषलाई पक्राउ गरी लगेको र भोक्राहा खण्डमा पुगी हतियार र लागुऔषध गाडीमा राखी मुचुल्का बनाएको आरोप लगाए ।
जनप्रतिनिधि सहितको उपस्थितीमा कृषलाई नियन्त्रणमा लिइरहँदा प्रहरीले आफुहरुमाथि देखाएको व्यवहार समेत खेदजनक रहेको उनीहरुको भनाई थियो । पक्राउ गर्दैगर्दा गाडी सर्च गरिएको र पानीका बोतल बाहेक केहि नभेटेको अवस्थामा कृष र उनका चालकलाई नियन्त्रमा लिइ लगेकोमा भोक्राहामा गाडी रोकी हतियार र लागुऔषध भेटिएको भनि गरिएको मुचुल्का प्रकृया बनावटी र सुनियोजित भएको पत्रकार सम्मेलनमा दाबी गरिएको छ ।

alt

पत्रकार सम्मेलनमा बोल्दै निर्माण व्यवसायी तथा नेता अजय कुशियतले प्रहरीको व्यवहार र शैली शंकास्पद र सुनियोजित देखिएकाले निस्पक्ष छानबिनकालागि राष्ट्रिय मानव अधिकार सम्म गुहारिने बताए । उनले उक्त घटनाको निष्पक्ष छानविन हुनु पर्ने समेत बताए । कुशियतले कृष सहित उनको गाडी भाण्टाबारीबाट नियन्त्रणमा लिएको भएपनि सप्तरीबाट सुनसरी तर्फ आउँदै गरेको सूचनाका आधारमा पूर्व पश्चिम राजमार्ग अन्तरगत भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर ४ को राजमार्गमा आउँदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको बताउनुले समेत घटना सुनियोजित रहेको पुष्टि हुने बताए । कुशियतले भने, “प्रहरीले कृष र उनको गाडी भाण्टाबारीबाट नियन्त्रणमा लिएको सीसी क्यामेरा स्पष्ट देखिन्छ ।

प्रहरीले भने कृषको सम्वन्धमा कटुवा पेस्तोल र सोमा लाग्ने तीन राउण्ड गोली सहित लागुऔषध बरामद गरिएको जनाएको छ । प्रहरीले हातहतियार खरखजाना ऐन तथा लागु औषध नियन्त्रण ऐन बमोजिम म्याद थप गरी अनुसन्धान जारी रहेको जनाएको छ । सुनसरी प्रहरीले कृश नेपाल र भारतमा घटाइएका विभिन्न घटनामा संलग्नताका आधारमा मस्ट वान्टेडको सूचीमा रहेका व्यक्ति भएको बताएको छ । कृशलाई यसअघि समेत सुनसरी प्रहरीले दुई पटक पक्राउ गरेता पनि छाडेको थियो ।

कृष भन्ने कृष्ण कुमार यादवको बारेमा सप्तरीका समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार प्रसाद यादवले प्रेस बिज्ञप्ती जारी गरि हनुमाननगर कंकालिनी नगरपालिकाका नगर समितिका पूर्व कोषाध्यक्ष कुष यादव लाई कोशी बाँधको कामका सिलसिलामा भू–आर्जन कार्यालयको पास लिई भण्टावारीमा ठेकेदार सँग भेटघाट गर्न गएको अवस्थामा यस्तो घटनाको बिरुध सँगै छिटो भन्दा छिटो घटनाको निश्पक्ष छानविन गरी कृषलाई रिहा गर्न माग गरेका छन ।

img

Share: