• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुग्यो

img

काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बाँके र कपिलवस्तुका गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पताल नेपालगन्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमा बाँकेको नरैनापुर ३ का ३२ वर्षीय पुरुष, खजुरा ३ का ४२ वर्षीया महिला र कपिलबस्तुको सुद्धोधन गाउँपालिका निवासी १९ वर्षीय पुरुष रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

रुपन्देहीको लुम्बिनीका १ पुरुष र झापाका ८ जना पु्रुषमा कोरानो संक्रमण पुष्टि भएको देवकोटाले बताए ।

यसअघि बिहान पनि १७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको थियो ।

 

img

Share: