• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

नौ लाख नेपाली रुपियाँ सहित एक भारतीय नागरिक पक्राउ

img

राजविराज । सप्तरीका प्रहरीले नौ लाख नेपाली रुपियाँ सहित एक भारतीय नागरिकलाई शनिबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको सुपौल जिल्ला अन्तर्गत बथनाहा ग्राम पञ्चायत वडा नंं १७ निवासी फुलकुमार मेहता रहेका छन् ।

लकडाउनको उल्लंघन गर्दै झोलामा दुई केजी चिनी मुन्तिर लुकाएर ल्याउँदै गरेको नगदसहित निजलाई सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.१४ बाट प्रहरी चौकी रम्पुरा मल्हनियाँको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिएका छन् । नगद सहित निजलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाई थप अनुसन्धान भईरहेको उनले बताए ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी