• img
  • img
img img img
Categories
समाचार स्वास्थ्य

बिहानै ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४८ पुग्यो

img

काठमाडौं । नेपालमा आज बिहानै ३२ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले (शनिबार बिहान) अध्यावधिक गरेको विवरणअनुसार ३२ जना कोरोना संक्रमित थपिएका हुन् ।

याे सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ।

मन्त्रालयका अनुसार, कपिलवस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ कोरोना संक्रमित हुनेहरुमा कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना जना रहेका छन् । जसमा १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षीय पुरुष रहेका छन् भने २७ वर्षीया महिला रहेकी छन्। सर्लाहीको गडैताका १३ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा १८, २०, २०, २०, २१, २२, २३, २८, २६, २८, ३३, ३५ र ३५ वर्षका पुरुष रहेका छन्।

बाराको करैयामाईमा ३७ वर्षीय महिला, काठमाडौंका ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा स्वाब परीक्षणमा गरिएको थियो ।

यस्तै, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा ८ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये २०, २०, २४, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुष रहेका छन्। उनीहरुको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा कोरोना परीक्षण गरिएको थियो ।

चितवनको भरतपुर–६ का ५२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनको भरतपुर प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

नेपालमा हालसम्म कोरोना संक्रमितम मध्ये ७० जना निको भएर घर फर्किसकेका छन् भने ३ जनाको ज्यान गएको छ ।

img

Share: