• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

नेपालमा कोरोना सङ्क्रमिण संख्या ७२३ पुग्यो

img

काठमाण्डौं । आज (मङ्गलबार) बिभिन्न प्रदेश र जिल्ला कोरोना अपडेटहरु हेर्दा हाल सम्म नेपालको कोरोना सङ्क्रमिण संख्या ७२३ पुगेको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाको अनुसार आज बिहान सङ्क्रमण पुष्टि हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका ८ जना, भेरीगङ्गा नगरपालिका र सिम्ता गाउँपालिकाका दुई दुई जना रहेका छन् । उनीहरु केही दिनअघि भारतबाट आएका थिए ।

कर्णाली प्रदेशमा अहिलेसम्म २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेश नं. २ को बारामा क्वारेन्टाइनको सुरक्षार्थ खटिएका नेपाली सेनाका दुई जना जवानसहित पाँच जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

पचरौता नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनको सुरक्षार्थ खटिएका ती सैनिकसँगै सोही क्वारेन्टाइनमा बस्दै आएका अन्य तीन जनामा पनि कोरोनासंक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो ।

सैनिकमध्ये एक जनाको ३५ र अर्कोको ३७ वर्ष उमेर रहेको पण्डितले जानकारी दिनुभयो । क्वारेन्टाइनमा बस्नेहरु र दुई सैनिकको एक हप्ता अघि स्वाब संकलन गरी काठमाडौं पठाइएकोमा मंगलवार रिपोर्ट आएको हो ।

आज संक्रमण पुष्टि भएकामध्ये तीन जनालाई जिल्ला अस्पताल कलैया र दुई जनालाई वीरगञ्जस्थित गण्डक अस्पतालको आईसोलेसनमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरिक्षक कृष्ण प्रसाद पंगेनीले जानकारी दिनुभयो ।

रौतहटमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना संक्रमितको सख्या ७० पुगेको छ ।

आज संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न सहरबाट भर्खरै रौतहट आएका नेपालीहरु रहेका छन् । संक्रमितहरुमध्ये गौर नगरपालिकाका ७ जना र राजदेवी नगरपालिकाका १ जना तथा बाँकीको स्पष्ट ठेगाना खुल्न बाँकी रहेको जनाइएको छ । तापनि उनीहरू अधिकांश देवाही गोनाहीका रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनभुयो ।

img

Share: