• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

लकडाउनको ६४औं दिन सप्तरीमा लकडाउन खुकुलो हुदैं

img

भारदह । नेपाल सरकारले बिश्वभरी महामारीको रुपमा फेलिरहेको कोरोना भाइरस को संक्रमण जोखिम न्यूनिकरणका लागी जारी गरेका लक डाउनको आज ६४ दिन पुगेको छ । गत चैत ११ गतेबाट जारी भएको लकडाउन जेठ २० गतेसम्म लम्ब्याइएको छ ।

नेपालमा दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएपछि विभिन्न ठाउँमा लकडाउन थप कडाई गर्न थालिएको छ । तर सप्तरीमा भने लकडाउन खुकुलो भएको छ । सप्तरीका बिभिन्न ठाउँ राजविराज, रुपनी, महुली, कंचनपुर, भारदह लगाइतका ठाउँहरुमा लकडाउन भएको देखिदेन ।

भारदहमा लागेको हाटका दृश्य

भारदहका बजार क्षेत्रमा टाईम कार्ड अनुरुप बजार संचालन गर्ने अनुमति दिएपनि दिनभरी बजार व्यवासय चोर ढोका प्रयोग गरी संचालनमै रहेको पाइन्छ ।

सरकार द्वारा भिडभाड हुने कुनै किसिमको हाट बजार संचालन नगर्ने दिइतापनि भारदहमा दिनुह हाट लाग्ने गरेको देखिन्छ । न कुनै समाजिक दुरी कायम गरेका पाइन्छ न कुनै पिपिई प्रयोग गरेको देखिन्छ ।

Image may contain: one or more people, people standing and outdoor
भारदहको बैंक आगाडीको दृश्य

बैंक तथा वित्तीय संस्थाहरुलाई संचालन गर्न दिएको समय भन्दा बढी नै संचालन गरेको पाइन्छ । बैंकले अपनाउनु पर्ने समाजिक दुरीलाई उल्लघंन गरी भिडभाड गरी ढोका बाहिर ग्राहक उभिइ लकडाउनलाई उल्लघंन गरेका देखिन्छ ।

यता सप्तरीका बिभिन्न ठाउँ बिकाशिय कामको नाममा लकडाउन लाई उल्लघंन गरेको देखिन्छ । भारत सरकारले संचालन गरेको साइडहरु कोशी क्षेत्र लगाइत नगरपालिका द्वारा संचालित कार्यहरुमा समेत कुनै किसिमको पिपिई प्रयोग नगरी मजदुरहरु द्वारा कामकाज गराइ रहेको अवस्था छ ।

 

img

Share: